महिन्द्राको नयाँ शक्तिशाली र कुशल इन्धन 'एसपीपप्लस' ट्रयाक्टर शृंखला नेपाली बजारमा | Khabarhub Khabarhub

महिन्द्राको नयाँ शक्तिशाली र कुशल इन्धन ‘एसपीपप्लस’ ट्रयाक्टर शृंखला नेपाली बजारमा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उन्नत ईएलएस डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपीसम्मका श्रेणीमा शक्तिशाली र कुशल इन्धन ट्रयाक्टर ‘एसपीप्लस’ शृंखला अब नेपाली बजारमा उपलब्ध गराइएको छ ।

श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । 

६ वर्षे वारेन्टी अफर गरी बजारमा अग्रणी स्थान ओगटदै छ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर शृंखला नेपालमा सुरुवात गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

नयाँ महिन्द्रा एसपीप्लस ट्रयाक्टरहरु जेठ ७, ८ र ९ गते  बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ  र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।  छिट्टै नै नयाँ एसपीप्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने बताइएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्यसञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने  ‘बदलिँदो समयसँगै किसानहरू विकसित भइरहेका छन् र कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजी भइरहेको छ । नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस शृङ्खला सुरु गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । यो शक्तिशाली, कुशल इन्धन श्रृंखलाले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, जसले गर्दा यो कुनै सम्झौता नगरिएको ट्रयाक्टरको रुपमा स्थापित गरेको छ । यससँगै बजारमा हाम्रो स्थिति थप मजबुत बनाउनेमा हामी ढुक्क छौं ।’

शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धेरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पुर्‍याउन सक्षम बनाउने नयाँ एसपीप्लस शृङ्खला प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यो नयाँ ट्रयाक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ । यस श्रृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ । महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण पनि हो, जुन एक किसिमले हाम्रा ग्राहकप्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी हो ।’

महिन्द्रा संख्यात्मक आधारमा  विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो । सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनल हार्भेस्टर इकाइसँग संयुक्त उद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता अन्तर्राष्ट्रिय महिन्द्रा एन्ड महिन्द्रा मार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्री गर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड बन्न पुग्यो, जसमा विश्वव्यापी ग्राहकहरूलाई गरिएको बिक्री समावेश छ ।

खाल्डाखुल्डीयुक्त र निर्मम भू–भागमा आफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमता प्रदर्शनको लागि प्रसिद्ध, महिन्द्राका ट्राक्टरहरूले कम्पनीलाई डेमिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन् । महिन्द्रा एन्ड महिन्द्रा यो उपलब्धि हासिल गर्ने एक मात्र ट्रयाक्टर उत्पादक कम्पनी हो र आज घरेलु तथा विश्वबजार दुवैका लागि कार्यात्मक प्रयोगका लागि विकसित सबैभन्दा विविध दायरा भएको ट्रयाक्टरहरूमध्ये एक भएको छ ।

महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरूमा उपस्थिति छ र अमेरिका भारत बाहिर कम्पनीको लागि सबैभन्दा ठूलो बजार हो । आज महिन्द्राको विश्वव्यापी उत्पादन र एसेम्बली उपस्थिति रहेको छ जसमा उत्तरी अमेरिका, ब्राजिल, फिनल्याण्ड, टर्की र जापानमा सहायक कम्पनीहरूमार्फत स्थलगत उपस्थिति रहेको छ ।

सन् १९४५ मा स्थापना गरिएको महिन्द्राग्रुप १०० भन्दा बढी देशहरूमा २,६०,००० कर्मचारी भएका कम्पनीहरूको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचनाप्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थानप्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ ।  

विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयकालागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : ०४ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो