पोखरा- १८ पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन « Khabarhub

पोखरा- १८ पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । 

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटि छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : २५ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत