पोखरा- १८ पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन « Khabarhub

पोखरा- १८ पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । 

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटि छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : २५ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि