७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?  « Khabarhub

स्थानीय तह निर्वाचन

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ? 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । 

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् । 

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४ वटामा कांग्रेस, तीन वटामा एमाले र एक/एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

दुई पालिकाको एउटाएउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : २९ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन