चुनाव नजित्दै पोखराका मेयर उम्मेद्वार धनराजले मागे संघबाट बजेट « Khabarhub

चुनाव नजित्दै पोखराका मेयर उम्मेद्वार धनराजले मागे संघबाट बजेट


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाेखरा- एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्याेलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडौँ गए । पाेखराका प्रमुख याेजनाहरू संघ सरकारलाई बुझाए ।

विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलाे सर्त छ । अघिल्लो जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेकेा ल्याण्डफिल सार्ने योजनामा अहिले गठबन्धन उम्मेदवारले पहिलाे चासाे दिए ।

त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेको एकीकृत समाजवादीका आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्याण्डफिल हाे । याे सार्नुपर्छ उनले भने, अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।´

उनले पोखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । मौखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घोषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बोधन हुन्छ ।´
पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण आफू काठमाडौँ पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : ५५ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,