छायांकनको क्रममा घाइते भए विजय र सामन्था « Khabarhub

छायांकनको क्रममा घाइते भए विजय र सामन्था


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विजय देवरकोन्डासामन्था रथ प्रभु छायांकनको क्रममा घाइते भएका छन् । उनीहरु पछिल्लो समय कश्मीरको एक विषयमा बनिरहेको फिल्म  ‘कुशी’ मा सँगै अभिनय गरिरहेका छन् । 

कश्मीरमा अभिनय गर्ने क्रममा नै उनीहरु दुबै घाइते भएका हुन् । फिल्मको निर्माण टिमसँग जोडिएको एक सदस्यले हिन्दोस्तान टाइम्ससँग कुराकानी गर्दै घाइते भएको जनाएका हुन् । उनले भने , ‘उनीहरू लिद्दर नदीको किनारमा छायांकन गरिरहेका थिए । त्यही क्रममा उनीहरु पानीमा लडेका हुन् । त्यो दृश्य जोखिमपूर्ण नै थियो’ ।

घाइते भएपछि नजिकको अस्पतालमा उपचार गरेर सेटमा फर्किएता पनि विजय र सामन्थाले छायांकन गर्न सकेनन् । उनीहरूले त्यो दिन रेस्ट गरेपछि मात्र छायांकन गरेका हुन् । ‘उनीहरूलाई छायांकनमा निकै कठिनाइ आएको थियो । किनकी उनीहरूको हड्डीमा चोट लागेको थियो’ ती सदस्यले भने । 

फिल्ममा विजयले आर्मी अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म आउँदो डिसेम्बरमा तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : १६ बजे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज