१० महिनामा १६ खर्बको वस्तु आयात,  १४ खर्बभन्दा बढी व्यापार घाटा  « Khabarhub

१० महिनामा १६ खर्बको वस्तु आयात,  १४ खर्बभन्दा बढी व्यापार घाटा 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको थियो । 

भन्सार विभागले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात २७.९५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । 

पछिल्लो दश महिना (२०७८ साउनदेखि २०७८ वैशाखसम्म) को अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ५९.८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको सुरुवाती दश महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ खर्ब ३० करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा २४.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : ४१ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन