‘युक्रेन संकट विश्वव्यापी विषय हो’ : बाइडेन « Khabarhub

‘युक्रेन संकट विश्वव्यापी विषय हो’ : बाइडेन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका छन् । जापानको राजधानी टोकियोमा जारी चार मुलुकको सुरक्षा समूह ‘क्वाड’ को बैठकमा बोल्दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका हुन् ।

उनले यस संकटले अन्तर्राष्ट्रिय व्यवस्था, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई कायम राख्नुको महत्व बढाएको समेत टिप्पणी गरे ।

‘यो युरोपेली विषयभन्दा ठूलो हो । यो विश्वव्यापी विषय हो ।’ अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित क्वाडको बैठकमा बाइडेनले भने ।

बाइडेनले अमेरिका हिन्द प्रशान्त क्षेत्रमा रहेका साझेदारहरूको साथमै रहनेमा जोड दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसका साथै उनले खुला हिन्द प्रशान्त क्षेत्रको महत्वबारे पनि जानकारी दिएको जनाइएको छ ।

‘अन्तर्राष्ट्रिय कानून र मानव अधिकार विश्वको जुन सुकै ठाउँमा उल्लङ्घन भएपनि हामीले रक्षा गर्नुपर्छ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ४४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा