बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ « Khabarhub

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् ।  यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले सपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारनै सपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई सपथ गराएका थिए । सपथ ग्रहण गराएसँगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन् । 

यस्तै, बाराका अन्य पालिकामा समेत सपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आइतबारनै सपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : १८ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित