राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल « Khabarhub

राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा देशलाई जोस, जाँगर र आँट भएका युवा शक्तिको खाँचो भएको बताएका छन् ।

सो पार्टीको मकवानपुर जिल्ला कमिटीको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मिना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएकोमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो धारणा व्यक्त गरेका हुन् ।

उनले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी भएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँग नै मिलेर काम गर्न अनुरोध गरे ।

अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय ,सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिए । प्रमुख लामाले अब सामाजिक सेवा ,स्वास्थ्य सेवा ,शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ०१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको