बेनिशा भन्छिन् ,’गीतको मर्म अनुसार प्रस्तुत भए’  « Khabarhub

बेनिशा भन्छिन् ,’गीतको मर्म अनुसार प्रस्तुत भए’ 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनिशा हमाल अभिनीत फिल्म ‘प्रेमगन्ज’ को तरबार बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा बेनिशाको ग्ल्यामर अवतार छ । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएकी बेनिशाले यस किसिमको नृत्य पहिले गरेकी थिइनन् । बेनिशाले गीतलाई लिएर आफू साँच्चिनै उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन् । ‘यो गीतलाई लिएर म निकै उत्साहित छ’ । म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ बेनिशाले भनिन् । 

उनले गीतको मर्म अनुसार आफू प्रस्तुत भएको बताइन् । ‘यसमा फिल्मको क्यारेक्टर अनुसार नै म प्रस्तुत भएकी छु । म मात्र नभई सम्पूर्ण टिमले नै भव्य बनाउन उत्तिकै मेहनत गरेका छन्’ उनले भनिन् । यस अगाडी यस किसिमको नृत्यको लागि आफूलाई अफर नआएको समेत उनले बताइन् । ‘मैले यो किसिमको नृत्य गर्न सक्छु भन्ने सोचेकी थिए तर अफर आएको थिएन । अब आउँछ होला । मेरो काम हेरेर प्रतिक्रिया पाउने आश छ’ उनले भनिन् । 

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । बैंकरसमेत रहेका तेज गिरीले फरक पेसाबाट फिल्म क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए । चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’ लाई स्पट ब्वाई राजु फुँयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । थुप्रै नेपाली फिल्मको मुख्य सहायक भई काम गरेका परिच्छेद सेनले ‘मदर’, ‘स्ट्राइक’ जस्ता अवार्ड विजेता फिल्मको निर्देशन गरेका छन् । ‘प्रेमगन्ज’ भने उनको फिचरमा डेब्यु हो । 

वाइल्ड रिपर्ज क्रिऊको कोरियाग्राफी रहेको गीतलाई किरण भुसालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

फिल्ममा तेज र बेनिशासँगै सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराई आदिको अभिनय रहेको छ । फिल्मबाट प्रसन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : २६ बजे

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब