सी डिभिजन लिगमा महावीरको पाँचौँ जित « Khabarhub

सी डिभिजन लिगमा महावीरको पाँचौँ जित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले पाचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा महावीरले स्वयम्भू क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

महावीरका लागि सुरज थारुले २ र रोमन तामाङले १ गोल गरे । त्यस्तै, स्वयम्भूका लागि विजय श्रेष्ठ र अरुण आलेले १–१ गोल फर्काए ।

खेलको १८ औँ मिनेटमा रोमनको गोलले महावीरले अग्रता लिएको थियो । स्वयम्भूका  विजयले खेलको २९ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

खेलको ५१ औँ मिनेटमा अरुणको  गोलले स्वयम्भूले खेलमा पुनः अग्रता लिएको थियो । ६१ औँ मिनेटमा महावीरका सुरजले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्‍याए ।

महावीरका लागि ७० औँ मिनेटमा सुरजले दोस्रो गोल गर्न सफल भए । खेलको बाँकी समयमा कुनै गोल हुन सकेन र खेल महावीरले ३–२ ले जित्यो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ३३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको