सी डिभिजन लिगमा महावीरको पाँचौँ जित « Khabarhub

सी डिभिजन लिगमा महावीरको पाँचौँ जित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लबले पाचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा महावीरले स्वयम्भू क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

महावीरका लागि सुरज थारुले २ र रोमन तामाङले १ गोल गरे । त्यस्तै, स्वयम्भूका लागि विजय श्रेष्ठ र अरुण आलेले १–१ गोल फर्काए ।

खेलको १८ औँ मिनेटमा रोमनको गोलले महावीरले अग्रता लिएको थियो । स्वयम्भूका  विजयले खेलको २९ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

खेलको ५१ औँ मिनेटमा अरुणको  गोलले स्वयम्भूले खेलमा पुनः अग्रता लिएको थियो । ६१ औँ मिनेटमा महावीरका सुरजले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्‍याए ।

महावीरका लागि ७० औँ मिनेटमा सुरजले दोस्रो गोल गर्न सफल भए । खेलको बाँकी समयमा कुनै गोल हुन सकेन र खेल महावीरले ३–२ ले जित्यो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ३३ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।