भारत सरकारको अनुदान सहयोगमा पोखराको आर्वा विजय माविको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

भारत सरकारको अनुदान सहयोगमा पोखराको आर्वा विजय माविको नवनिर्मित भवनको उद्घाटन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास काठमाडौँका कार्यवाहक राजदूत नामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी हुन्।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागतमा उक्त विद्यालय भवनको निर्माण गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति

भारतीय राजदूतावास
काठमाडौं

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभयो ।

२. यस श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

३.सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

४.भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

काठमाडौं, नेपाल
२०७९ जेठ १० गते

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : १५ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका