नेप्से १६ अंकले बढ्यो « Khabarhub

नेप्से १६ अंकले बढ्यो


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । 

मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ । सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अंकले बढेर ४ सय ३२ दशमलव ७८ अंकमा पुगेको छ । 

मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ ।  सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १ सय ६०  कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । 

मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ०६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल