रुकुम पश्चिमको सोती घटनाको दुई वर्ष : जुम्लामा प्रदर्शन « Khabarhub

रुकुम पश्चिमको सोती घटनाको दुई वर्ष : जुम्लामा प्रदर्शन


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो ।  उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएको छ । 

जुम्लाका युवा धनराज सुनारको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्डसहित सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जात व्यवस्थालाई अन्त्य गर्न जोडदार माग गरिएको थियो । 

‘देशमा जातीय विरुद्धका दर्जनौँ कानुन निर्माण भएपनि नमराज बिक हत्या काण्ड लगायतका थुप्रै जघन्य अपराधका दोषीलाई हदै सम्मको कारबाही नहुनु दुखद पक्ष हो’ उनले भने । 

दुई वर्ष पहिले आजकै दिन अर्को जातकी किशोरीसँग प्रेम गरेकै कारण रुकुम पश्चिमका नमराज बिकसहित ६ जनालाई लखेटेर भेरीमा मारिएको थियो । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : १९ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल