शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल « Khabarhub

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन् । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उनले  शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिबिम्बित हुन आवश्यक रहेकामा जोड दिए ।

लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उनले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा विदेशको प्रतिस्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने जनाउँदै मन्त्री पौडेलले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आर्थिकरूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गरेका छन् ।

‘त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन, विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ’, उनले भने। बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उनले बताए  । 

‘मुलुकमा अनेकौँ पुरातात्विक क्षेत्र रहेकाले तिनको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य छ, कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै उत्खनन बाँकी नै छ, यी उत्खनन लुम्बिनी बौद्ध विश्वविद्यालयको जनशक्ति प्रयोग हुनुपर्छ’, उनले भने।

पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मुलुकमा अभाव रहेकाले लुम्बिनीसहित बौद्ध साइटमा बौद्ध विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्नेमा मन्त्री पौडेलले जोड दिए । ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययन/अध्ययापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तरक्रियाको केन्द्र बनाउने ध्येयलाई भुल्नु हुँदैन’, उनले भने।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ५९ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको