जीतपुरसिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रकाशकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

जीतपुरसिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रकाशकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई लगायत दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जीतपुरसिमरा उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बारा कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसाद रहेका छन् । यस्तै उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र  प्रसादसँग र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ३१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको