अनुपम भन्छन्, ‘पशुपति आउँदा मनलाई शान्ति मिल्छ’  « Khabarhub

अनुपम भन्छन्, ‘पशुपति आउँदा मनलाई शान्ति मिल्छ’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अनुपम खेरले आफ्नो छोटो नेपाल भ्रमण सकाएर फर्किएका छन् । उनी बुधबार नेपाल आएर बिहीबार फर्किएका हुन् । एक मोटिभेसनल कार्यक्रमको वक्ता बनेर खेर पुनः नेपाल आइपुगेका हुन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे । बुधबार काठमाडौं आइपुगेका उनी एक दिन बसेर बिहीबार बेलुका भारत फर्किएका छन् । एक बीमा कम्पनीले उनलाई वक्ताको रुपमा नेपाल ल्याएको थियो । बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर खेरले पूजाआजा गरे । 

उनी नेपाल आउँदा पशुपति नाथ पुग्ने गरेका छन् । नेपाल आउँदा उनी आफूलाई गौरवान्वित महसुस गर्ने गरेका छन् ।  उनले पशुपतिनाथ पुगेपछि आफ्नो सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै एक पटक फेरि काठमाडौंमा रहेको भगवान् पशुपतिनाथको मन्दिरमा प्रार्थना गर्ने अवसर प्राप्त भएको जनाएका छन् ।  ‘यो मन्दिर र यहाँको शिवलिङ्ग हजारौं वर्षदेखि छ । यहाँ आउन पाउँदा मनलाई शान्ति त मिल्छ नै, उर्जा पनि प्राप्त हुन्छ । मानिसहरुको भीडभाड, पूजाआजा, जय भोलेनाथ, हर हर महादेव भनेको सुन्दा मनलाई निकै शान्ति मिल्छ’ उनले भिडियोमा भनेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ३० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।