हलेसी तुवाचुङमा ६४ करोड ५८ लाखको बजेट पेस  « Khabarhub

हलेसी तुवाचुङमा ६४ करोड ५८ लाखको बजेट पेस 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित साढे ६४ करोडको बजेट पेस गरेको छ । बिहीबार सम्पन्न ११औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो । 

कुल बजेटमध्ये ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका लागि विनियोजन गरेर बाँकी रहेको १८ करोडको परिधिमा रहेर नगरपालिकाले विकास बजेट तय गरेको हो । १८ करोडमध्येबाट पूँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ चार करोड ५० लाख विनियोजन गरिएको छ ।

उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पूर्वाधार विकास समितितर्फ कुल बजेटको ३७.१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१.७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९.९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४.८ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको नगर प्रवक्ता कमल गिरीले बताए । 

नगरपालिकाले भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतियोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटलगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

 यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाको चिनोरकोसेलीको रूपमा बिक्री वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डाक्टर, इन्जिनियर र पाइलट) अध्ययन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेलगायतका नीति तथा कार्यक्रम अघि सारेको छ । नगरसभा मेयर विमला राईको सभापतित्वमा सम्पन्न भएको हो । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : २५ बजे

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता