दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो)  « Khabarhub

दुई कालखण्डको प्रेमलाई प्रस्तुत गर्ने ‘माथि माथि आकाशमा’ (भिडियो) 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म  ‘प्रेमगन्ज’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यु निर्देशन रहेको  ‘प्रेमगन्ज’ को शीर्ष गीत  ‘माथि माथि आकाशमा’ मा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाल फिचर्ड छन् । दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गर्ने फिल्ममा तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् ।  कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै निर्देशक परिच्छेद भन्छ्न् ‘फिल्मको टर्निङ पोइन्ट त्यही नै हो र  सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’ टिनएजदेखि युवाअवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियाग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । 

सार्वजनिक गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन । फिल्म भदौ ३ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : २७ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट