लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण « Khabarhub

लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताए । दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उनको भनाई छ । ‘चौरीलाई दिनका लागि नुन पनि नभई नहुने कुरा हो’, उनले भने, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’

उनका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ०७ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र