कामपाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट « Khabarhub

कामपाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ ।

उक्त बजेट चालु आवको भन्दा रु सात अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले आज नगर सभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी हुन्। कामपाले चालु आवका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट पारित भएको थियो ।

आगामी आवका लागि पनि चालु आवको जस्तै  पूर्वाधार विकासका लागि सबैभन्दा धरै रु ११ अर्ब आठ करोड बजेट प्रस्ताव गरिएको छ । नगर सभामा उपप्रमुख  डङ्गोलले कार्यालय खर्चका लागि रु चार अर्ब ६८ करोड बजेट प्रस्ताव गरेको जानकारी दिइन्। यो कूल बजेटको २० प्रतिशत हो । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कूल बजेटको २.२४ प्रतिशतले हुन आउने रु ५० करोड २१ लाख २४ हजारसमेत विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताइन्।

स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चित कोषमा जम्मा हुने रु  २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजारबाहेक सङ्घीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँट र जग्गा एकीकरण आयोजनाहरूबाट प्राप्त हुने महानगरले जनाएको छ ।

यस्तो आम्दानी सञ्चित कोषबाहेक रु तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रहने छ । संवैधानिक व्यवस्थाअनुसार कामपाले यही असार ८ गते नीति तथा कार्यक्रम पारित गरेको थियो भने सोहीअनुसार आज बजेट नगर सभामा प्रस्तुत गरेको हो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ३३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा