फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी « Khabarhub

फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि १५ सेप्टेम्बरसम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ ।

भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरू अनुरूप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो ।

यसपछि अदालतले एआइएफएफ सञ्चालन गर्न र विगत १८ महिनादेखि रोकिएको निर्वाचन गर्न तीन सदस्यीय समिति बनाएको थियो ।

फिफा फुटबलमा राजनीतिक गतिविधिलाई पूर्णरुपमा बन्देज गर्दछ । यस्तो भएमा प्रतिबन्ध लगाउने गर्दछ । यसै कारण हाल दक्षिण एसियाली टोली पाकिस्तान फिफाको प्रतिबन्धमा छ ।

फिफा र एसियन फुटबल कन्फेडेरेसनले एफसीका महासचिव विन्ड्सोर जोनको नेतृत्वको टिममार्फत भारतीय फुटबलका पदाधिकारी र खेलकुद मन्त्री अनुराग ठाकुरलाई भेटेर तोकिएको समयमा निर्वाचन गराउन चेतावनी दिएको हो ।

‘एआइएफएफले फिफा र एएफसीको सिद्धान्तअनुसार नयाँ विधान बनाउन आवश्यक छ । भारतले हामीले दिएको मितिअनुसार आफ्नो निर्वाचन गर्ने आशा पनि व्यक्त गरेका छौँ,’ एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एआइएफएफ फिफाको प्रतिबन्धमा परेमा भारतले यु १७ महिला विश्वकप आयोजनाको अधिकार गुमाउने छ । जुन यसै वर्षको अक्टोबरमा हुने तालिका छ । यस्तै, भारतीय राष्ट्रिय टिम र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनेछन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक