फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी « Khabarhub

फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि १५ सेप्टेम्बरसम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ ।

भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरू अनुरूप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो ।

यसपछि अदालतले एआइएफएफ सञ्चालन गर्न र विगत १८ महिनादेखि रोकिएको निर्वाचन गर्न तीन सदस्यीय समिति बनाएको थियो ।

फिफा फुटबलमा राजनीतिक गतिविधिलाई पूर्णरुपमा बन्देज गर्दछ । यस्तो भएमा प्रतिबन्ध लगाउने गर्दछ । यसै कारण हाल दक्षिण एसियाली टोली पाकिस्तान फिफाको प्रतिबन्धमा छ ।

फिफा र एसियन फुटबल कन्फेडेरेसनले एफसीका महासचिव विन्ड्सोर जोनको नेतृत्वको टिममार्फत भारतीय फुटबलका पदाधिकारी र खेलकुद मन्त्री अनुराग ठाकुरलाई भेटेर तोकिएको समयमा निर्वाचन गराउन चेतावनी दिएको हो ।

‘एआइएफएफले फिफा र एएफसीको सिद्धान्तअनुसार नयाँ विधान बनाउन आवश्यक छ । भारतले हामीले दिएको मितिअनुसार आफ्नो निर्वाचन गर्ने आशा पनि व्यक्त गरेका छौँ,’ एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एआइएफएफ फिफाको प्रतिबन्धमा परेमा भारतले यु १७ महिला विश्वकप आयोजनाको अधिकार गुमाउने छ । जुन यसै वर्षको अक्टोबरमा हुने तालिका छ । यस्तै, भारतीय राष्ट्रिय टिम र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनेछन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका