युएईबाट फर्किएलगत्तै सोमालियाका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि « Khabarhub

युएईबाट फर्किएलगत्तै सोमालियाका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले संयुक्त अरब इमिरेट्स युएईको यात्राबाट फर्किएलगत्तै कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’

‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् । मे १५ मा भएको निर्वाचनपछि उनले पहिलो पटक विदेशको औपचारिक भ्रमण गरेका हुन् ।

मोहमुद पूर्व शैक्षिक तथा शान्ति अभियान्ता हन् । उनी पहिले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएका थिए । उनको पहिलो प्रशासन भ्रष्टाचार र लडाइँको कारण प्रभावित बनेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संकटग्रस्त यस अफ्रिकी राष्ट्रमा २६ हजार ७४८ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । यसमध्ये एक हजार ३६१ जनालाई घातक खालको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : १३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय