'कोरोना भाइरसको चौंथो लहर सुरु भइसक्यो' | Khabarhub Khabarhub

‘कोरोना भाइरसको चौंथो लहर सुरु भइसक्यो’


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणदर बढ्दै जाँदा अनेकन चिन्ता थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी कोरोनाका नयाँ प्रजाति पनि भेटिएका छन्। अत्याधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उप-प्रजाति पी-एफ-वान नेपालमा पनि पहिचान भएको छ। जसले गर्दा संक्रमण अझै धेरै बढ्न सक्ने अवस्था छ। त्यसले स्थिति खतरा हुन सक्ने विज्ञ बत्ताउँछन्। बढ्दो कोरोना संक्रमण, यसले निम्त्याउन सक्ने अर्को संकट र सम्भावित चौथो लहरका विषयमा वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीसँग धिरज बस्नेतले गरेको कुराकानीका सम्पादित अंशः

दिन दिनै बढिरहेको कोरोनाको संक्रमणले के संकेत गर्छ ? कोरोनाको चौथो लहर सुरु हुन लागेको हो ?
सुरु भैसक्यो। केही हप्ता अगाडि एक दर्जन भन्दा कम बिरामी थिए। तर, अहिले दैनिक चार सयसम्म वा त्यो भन्दा बढी संक्रमित पनि देखिन थालेका छन्। पहिला थोरै भएको लहर एक्कासी बढ्नु नै चौंथो लहर सुरु भएको मान्न सकिन्छ। ८० प्रतिशतमा त यो लक्षण नै देखिँदैन। २० प्रतिशतमा मात्र यो संकेत देखिन्छ, त्यसैले यो नजचाँउने मान्छेमा पनि धेरै हुनसक्छ, त्यसैले कोरोनाको चौथो लहर आइसक्यो।

यो पहिलो, दोस्रो वा तेस्रो लहर जस्तै हो कि, झन खतरनाक छ ?
तत्काललाई अनुसन्धानले कुनै पनि निष्कर्ष निकालेको छैन। यो ओमिक्रोनको नाइन बी फाइभ र बी टू पोन्ट सेभेन फिफ्टी भन्ने प्रजाति छन्। यो धेरै भारतमा देखिँदै आएको छ। भारत भन्दा अरू धेरै देशमा पनि फैलिरहेको छ। अहिलेसम्म आएको सूचना अनुसार मानिसलाई धेरै बिरामी पार्ने र यसको लागि अस्पताल गएर भर्ना नै गर्नुपर्ने हुँदैन। केही दिनपछि आफैं निको हुन्छ। नेपालमा धेरै मान्छेले दुई वटा भन्दा बढी खोप लगाउनु भएको छ। तर, कतिले खोप नलगाएका पनि हुन सक्छन्। खोप लगाएको कारणले पनि दोस्रो लहरमा जस्तो खतरा नहुन सक्छ। खोप लगाएको व्यक्ति बढी सुरक्षित हुन्छन्। अब खोप नलगाएकाले पनि चाँडो भन्दा चाँडो खोप लगाउने र लगाएका पनि अलि सजग हुँदा यसले धेरै असर गर्दैन।

कोरोनाको नयाँ नयाँ प्रजाति भेटिनु र फेरि फेरि संक्रमण थपिनुले यसको अन्त्य हुँदैन कि भन्ने आशंका गर्न सकिन्छ ?
कोरोनाको प्रकोप फैलिएको चीनबाट सन् २००२ मा हो। सन् २०१९ मा यही सार्सको अर्को रूपमा आएको हो। त्यो सार्स ५ वा ६ महिनापछि आफै विश्वबाट हराएर गयो। र, मध्ये पूर्वमा मर्स कोरोना भाइरस भनेर सन् २०११ देखि फैलिएको हो। यो युरोपका देशसम्म पुग्यो। त्यो सकिएको त छैन। त्यसैले यो पनि लामो समयसम्म नै रहला भन्ने अनुमान छ। जनावरबाट मान्छेमा आएको भाइरस सुरुको अवस्थाभन्दा पछि आक्रामक र पछि सामान्य आक्रमण हुँदै जान्छ। त्यसैले तत्कालै अन्त्य नै त हुँदैन।

यसले अब धेरै ठूलो आक्रामक रुप त लिँदैन नि ?
सर्न त अहिले पनि सरिरहेको छ। यसले साढे दुई वर्ष संसारलाई संक्रमित बनायो। अहिलेसम्म विश्व स्वास्थ्य संघले अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्यो। अहिलेसम्म पनि त्यो फिर्ता लिएको छैन। त्यो फिर्ता नभएसम्म हामी पनि आपतकालमै छौँ। किनकी अझैँ पनि यो सकिएको छैन भन्ने हामीले बुझ्नुपर्छ।

सामान्य रुघा खोकी जस्तो अवस्था भन्न मिल्छ ?
प्राकृतिक रूपमा अहिले पहिलाको जस्तो अवस्था छैन। त्यही पनि अरू रोगको हिसाबबाट हेर्दा अहिले आंशिक परिवर्तन त भएको छ। तर, पछि त्यो पुरै परिवर्तन हुन्छ कि भन्ने छ।

एउटै रोगविरुद्ध कति पटक खोप लगाउने ?
विकसित देशमा चौंथो खोप पनि लगाइसके। खोप लगाएपछि शरीरमा बढ्ने रोग प्रतिरोधात्मक शक्ति बढ्छ। कुनै खोप एकपटक लगाएपछि जिन्दगीभरलाई पुग्छ। तर, कुनै खोपले चाँडै काम गर्न छोड्छ। फेरि खोप लगाउनु पर्दछ। हाम्रो देश दुई ठूला देशको बीचमा छ। त्यहाँ आएका रोग सजिलै यहाँ पनि आउन सक्छन्। त्यसैले हामीले आफ्नो सुरक्षा आफै गर्नु पर्दछ। चौंथो डोज पनि लगाउनतिर लाग्नु पर्दछ।

कोरोनाबाट बच्न वर्षमा दुई वटा खोप लगाउन पर्ने देखियो ?
सामान्य रुघाखोकीले पनि तीन सयमा एक जनालाई सिकिस्त पार्ने गरेको छ। त्यसैले यसमा व्यक्तिलाई मात्र बचाउने नभएर सम्पूर्ण देशलाई नै बचाउनु पर्दछ।

हामीलाई कोरोनाबाट बचाउने खोपले नै बचाउने हो ?
त्यो त हामीले अनुमान गर्न सक्छौ कि खोप लगाएका मान्छे खोप नलगाएका भन्दा बलिया हुन्छन् भनेर। खोप लगाएका मान्छेले कोरोनाको संक्रमणलाई जित्न सकेको त हामी हाम्रो समुदाय र अनुसन्धानबाट थाहा पाउन सक्छौँ।

कोभिडको कारणले अन्य रोगमा ध्यान नगएको विश्लेषण छ, त्यो सत्य हो ?
यो मात्र एउटा यस्तो रोग हो। यसले धेरै डाक्टर र नर्सहरू मार्यो। तर, अरू रोगले पनि मारेको होला। इबोलाले पनि कतिपय डाक्टर र नर्सलाई पश्चिमी अफ्रिकामा मारेको थियो। तर, यो कोरोनाले धेरै आतंक ल्यायो। यसलाई देशले छुट्टाछुट्टै किसिमले बुझेँ र त्यही अनुरूप यही गर्नु पर्दछ भन्ने छैन। त्यसकारण हामी सबै पछि पर्नुपर्ने र झस्कनु पर्ने हुन्छ।

कोरोना भाइरसको उत्पतिको बारेमा विवाद कायमै छ है ?
अमेरिका चीनका बीचमा एक प्रकारको भनाभन चलेको छ। शंका उपशंका पनि चलेका छन्। त्यसैले केही समय त लाग्ला। यो सन् २०२२ यतिकै बित्ने होला। सन् २०२३ को मध्येतिरबाट छिनोफानो हुने स्थिति देखिन्छ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ५८ बजे

सहकारी प्रकरण : बालुवाटार सहमतिलाई अन्तिम रुप दिँदै कार्यदल

काठमाडौं–सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच सहकारी ठगी प्रकरण छानबिनका लागि सोमबार

मानसिक स्वास्थ्य समस्या सरकारको प्राथमिकतामा परेन : डा. शर्मा

काठमाडौं– मनोचिकित्सक डा. विश्वबन्धु शर्माले विश्वको करिब १२-१३ प्रतिशत जनसंख्या

संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति

बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे 

काठमाडौं– संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट

मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं – राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारले वार्षिक विकास