अरूण थापा स्मृति : वरिष्ठ गीतकार अधिकारी सम्मानित « Khabarhub

अरूण थापा स्मृति : वरिष्ठ गीतकार अधिकारी सम्मानित


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा शनिबार यहाँ पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो । भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचौँ अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाएका थिए ।

त्यस्तै उहाँहरुलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले साथ दिएका थिए। कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई अरूण थापा स्मृति सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका सचिव अल्बर्ट बज्राचार्य, वरिष्ठ गीतकार सुभाषचन्द्र ढुङ्गेलले कार्यक्रमको महत्वमाथि प्रकाश पारेको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ४० बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका