साउदीमा थप १० हजार अवैध आप्रवासी पक्राउ  « Khabarhub

साउदीमा थप १० हजार अवैध आप्रवासी पक्राउ 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १० हजार ९३७ जना आप्रवासी नागरिक पक्राउ छन् । रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने उनीहरुलाई एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

साउदीको गृह मन्त्रालयका अनुसार जुलाई १४ देखि २० तारिखसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरुलाई पक्रेको हो। तीमध्ये रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ६ हजार ५६४, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने २ हजार ८ सय ५२ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ५२१ रहेका छन्।

राज्यमा सीमा पार गर्न खोज्दा ३५० जना पक्राउ परे। तीमध्ये ३० प्रतिशत यमनी, ६० प्रतिशत इथियोपियाली र १० प्रतिशत अन्य राष्ट्रियताका थिए । ३० जना उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्ये कानुन उल्लङ्घन गरी ओसारपसार गर्ने र आश्रय दिने ९ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुर्‍याएर देश निकाला गरिने त्यहाँको सरकारले जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरु पनि पक्राउ परेका छन्। उनीहरुलाई हाल जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ५१ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर