नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लीलामणि पौडेल | Khabarhub Khabarhub

नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लीलामणि पौडेल


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाएका छन् ।

‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्।

पौडेलले यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने बताएका छन् । ‘विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित रुपमै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराऊ सरकार !’ उनले भनेका छन् ।

चीनका लागि पूर्व नेपाली राजदूतसमेत रहेका पौडेलले दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्ति भन्नेहरुलेसमेत नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : १७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार