डानी मेक्सिकन क्लबमा आबद्ध « Khabarhub

डानी मेक्सिकन क्लबमा आबद्ध


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी अल्भेसले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन् ।

३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासंग पुनः जोडिएका थिए । पाँच वर्षपछी उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका हुन् ।

बार्सिलोनाबाट ४०८ खेल खेलेका अल्भेसले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए ।

अल्भेसले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधि जित्न सकेको छैन । अन्तिम सिजनमात्रै क्लब ११औं स्थानमा थियो ।

आठ वर्ष बार्सिलोना रहदा अल्भेसले छ ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन् । यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहन अल्भेस चाहन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ०७ बजे

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र