भरतपुर अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क « Khabarhub

भरतपुर अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर केन्द्रीय अस्पतालले आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरेको छ ।

अस्पताल विकास समितिको निर्णय अनुसार आज साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि जाने सम्पूर्ण सेवाग्राहीहरूको लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।

अस्पतालमा आउने अति गरिब तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ भनेर यो निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बताए । अति गरिब, बेवारिसे, विपन्न तथा सीमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार निःशुल्क भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले ओपिडी टिकट निःशुल्क गरिएको बताए ।

अस्पतालमा ओपिडी जाँच गर्न आउने बिरामीको चाप बढ्न थालेपछि भीड व्यवस्थापन गर्न अस्पतालले यसअघि ओपिडी टिकट काउन्टर थप गरी समय समेत बढाउने निर्णय गरी सोही अनुरूप सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन