पाकिस्तानमा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।

घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको जनाइएको छ ।

साथै उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा उनी पनि चिप्लिएर पोखरीमा बजारिएका थिए । दुबैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचारपत्र डनले जनाएको छ ।

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका प्रत्यक्षदर्शी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : २२ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले