प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु | Khabarhub Khabarhub

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाले गरेको कारवाहीमा दुईजना प्यालेस्टिनी मारिएका हुन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

इजरायली सेनाले उक्त कारवाहीबारे र कारवाहीमा भएको हताहतिबारे कुनै टिप्पणी नगरेको जनाइएको छ । यद्यपि इजयारली पक्षले नाब्लुसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच ‘गोली हानाहान’ भएको बताएको छ ।

सो क्षेत्रमा गत मार्चको अन्त्यदेखि गरिएको कारवाहीमा हालसम्म कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकु, सर्वसाधारणका साथै अल जजीराका पत्रकार शिरिन अबु अक्लेहसमेत छन् ।

इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको बताइएको छ ।

पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले सो क्षेत्रमा दैनिकजसो सैन्य कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ५४ बजे

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको