प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु « Khabarhub

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाले गरेको कारवाहीमा दुईजना प्यालेस्टिनी मारिएका हुन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

इजरायली सेनाले उक्त कारवाहीबारे र कारवाहीमा भएको हताहतिबारे कुनै टिप्पणी नगरेको जनाइएको छ । यद्यपि इजयारली पक्षले नाब्लुसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच ‘गोली हानाहान’ भएको बताएको छ ।

सो क्षेत्रमा गत मार्चको अन्त्यदेखि गरिएको कारवाहीमा हालसम्म कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकु, सर्वसाधारणका साथै अल जजीराका पत्रकार शिरिन अबु अक्लेहसमेत छन् ।

इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको बताइएको छ ।

पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले सो क्षेत्रमा दैनिकजसो सैन्य कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ५४ बजे

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन

काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाले प्रतिशोधको राजनीति गर्दैन : सभापति लामिछाने

भरतपुर (चितवन)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले