एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह « Khabarhub

एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन् ।

एक महिनाअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए पनि हालसम्म यसबारे औपचारिक रुपमा अमेरिकालाई जानकारी नगराएपछि सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेका बेला अध्यक्ष नेपालको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।

काठमाडौँमा आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

यसबारे केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले प्रधानमन्त्री देउवालाई तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनको भनाइ छ ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो । तर, परराष्ट्र मन्त्रालयले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाएको छैन । पत्राचार गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले बताउँदै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ३२ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै