अब दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन : मन्त्री चौधरी « Khabarhub

अब दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन : मन्त्री चौधरी


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरूले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरूलाई चुनौती दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरू सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने ।

प्रतिरक्षात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरूलाई भने, ‘तपाईँहरू जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाइ गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहँदैनन् । तपाईँहरू दलका प्रतिनिधि हुनुहुन्छ । दलहरूको औचित्य पुष्टि गर्नुस् ।’

अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरूले धेरै आशा र अपेक्षा गरेको उनले बताए । मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरू पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरू पनि गलत नगर्नुस् ।’

सहरी विकास मन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरूलाई समान ढङ्गले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तीमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले  आफ्नो योजना समेत सुनाए ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ४९ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै