‘छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ’ « Khabarhub

‘छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ’


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छिन्।

अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन्।

महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरिन्। उनले भनिन्, “सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।”

आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताइन्। छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उनले उल्लेख गरिन्। छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उनको भनाइ छ ।उनले भनिन्, “कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ ।”

सञ्चारीका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याइन् । प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यथार्थवादी तर विद्रोही आख्यान लेखेका उल्लेख गरे।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिइन्। स्रष्टा आचार्यले शिक्षित वर्गले समेत छोरी मान्छेले गर्न सक्छन् भनी विश्वास नगरेर छोरीको सफलतालाई शङ्काका दृष्टिले हेरेको बताइन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ३५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु