पाकिस्तानमा गोली हानी पत्रकारको हत्या « Khabarhub

पाकिस्तानमा गोली हानी पत्रकारको हत्या


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा एक जना पत्रकारको हत्या भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पाकिस्तानको चारसड्डा जिल्लास्थित साबकदार गाउँमा इफ्तिकार अहमद खानको गोली हानी हत्या गरिएको हो ।

खान पछिल्लो १७ वर्षदेखि एक्सप्रेस मिडिया ग्रुपसँग आबद्ध थिए ।

डनका अनुसार उनका भाइ हजरत बिलालले प्रहरीसमक्ष घटनाको उजुरी दिएका छन् । उनका अनुसार पत्रकार खानको कसैसँग दुश्मनी थिएन । उनको हत्यामा कसको संलग्नता छ भन्ने अझै स्पष्ट नभएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मस्जिदमा नमाज पढेर घर फर्किँदै गर्दा अज्ञात बन्दुकधारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक खानका दुई श्रीमती, चार छोरा र चार छोरी छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०७ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको