दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा « Khabarhub

दुई लाख केजी अवैध सुपारीसहित आठवटा भारतीय ट्रक नियन्त्रणमा


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आइतबार साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ नंका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारीसहित नियन्त्रणका लिएका आठवटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : २६ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना