जोनास डोयनको विद्यालयको यो तेस्रो वर्ष हो। यस बीचमा उनले कहिले पनि शिक्षकले सोधेको कुरा हात उठाएर भन्न पाएनन्। कुनै पनि दिन नबुझेको कुरा प्रत्यक्ष शिक्षकसँग सोध्न पाएनन्। न त उनले आफ्नो कुनै साथीसँग कुम जोडेर बस्न पाए। आठ वर्षका उनका लागि विद्यालयसँगको सम्पर्क भनेको ल्यापटप र मोबाइलमार्फत् नै हो। कोभिड–१९ को महामारी रोक्न सबैभन्दा लामो समयको लकडाउन लगाउने देश फिलिपिन्स पनि हो। यस कारण त्यहाँ जोनास जस्ता एक करोड २७ लाख विद्यार्थीले दुई वर्षदेखि अनलाइन माध्यमबाट नै पढिरहेका छन्। हालै सरकारले विद्यालय खोलेपछि जोनासको मनमा उत्साह थपिएको छ।
कोभिड–१९ को महामारी रोक्न सबैभन्दा लामो समयको लकडाउन लगाउने देश फिलिपिन्स पनि हो। यस कारण त्यहाँ जोनास जस्ता एक करोड २७ लाख विद्यार्थीले दुई वर्षदेखि अनलाइन माध्यमबाट नै पढिरहेका छन्।
“मेरी आमाले साथीसँग केही गडबडी भएका कडा सजाय हुने कुरा भन्नु भएको छ”, भय र उत्साह दुवै बोकेका जोनासले भने। राजधानी मनिलाको मकाती जिल्लामा रहेको पलानना इलमेन्टरी स्कुलमा उनी अध्ययन गर्छन्। त्यहाँका धेरै विद्यार्थी पाठ्यक्रम र विद्यालयका अन्य सामग्री भन्दा शिक्षकमा नै निर्भर रहने गरेका छन्। यस्तो अवस्था मनिलाको आधा भन्दा बढी विद्यालयमा छ।
स्थानीय टेलिभिजनले अहिले विद्यार्थीलाई विद्यालय जानका लागि उत्कृष्ट र सहज रुटको बारे जानकारी दिइरहेका छन्। नयाँ युनिफर्ममा सजिएका विद्यार्थीलाई स्वागत गर्न विद्यालयको ढोकामा त्यसै खालको डेकारेसन गरिएको छ।
सोमबार देखि ४६ प्रतिशत विद्यार्थी एक आपसको सम्मुख भए। अन्य भने अनलाइनमै निर्भर रहिरहेका छन्। सरकारले नोभेम्बरदेखि सबै क्लास विद्यालयमा नै हुने जनाएको छ। अन्तर्राष्ट्रिय निकाय भने लामो समयको अनलाइन कक्षाको प्रभावबारे अध्ययन गरिरहेका छन्। विश्व बैंकको पछिल्लो रिपोर्टमा जनाइए अनुसार १० मध्यका ९ फिलिपानो विद्यार्थी १० वर्षको हुँदासम्म सामान्य पुस्तक पढ्नका लागि दुख गरिरहेका छन्।
“सिक्नका लागि गरिएको यो सङ्घर्ष साँच्चै दुःखद हो। यसले एउटा पुस्तालाई नै अँध्यारोमा धकेल्न सक्ने छ”, रिपोर्टमा उल्लेख छ।
प्रधानाध्यापक साचेँज अहिले विद्यार्थीको साथमा छिन्। उनलाई पनि कसरी आफ्नो विद्यार्थीको जीवनलाई व्यवस्थित बनाउने भन्ने चिन्ता छ। यसका लागि गएका दुई वर्षमा भएको क्षति कसर पुरा गर्ने भन्ने पनि चिन्ता छ।
स्थानीय टेलिभिजनले अहिले विद्यार्थीलाई विद्यालय जानका लागि उत्कृष्ट र सहज रुटको बारे जानकारी दिइरहेका छन्। नयाँ युनिफर्ममा सजिएका विद्यार्थीलाई स्वागत गर्न विद्यालयको ढोकामा त्यसै खालको डेकारेसन गरिएको छ।
अनलाइनमार्फत् विद्यार्थीको धेरै पटक परीक्षण भएको थियो। यसरी लिइएको परीक्षाबाटै उनीहरूले केही कुरा सिक्न नपाएको उनलाई प्रष्ट थियो। त्यो खाली रहेका स्थानलाई पुरा गर्नकै लागि उनले थप योजना अगाडि ल्याएकी छन्। “यो समस्या संसारकै हो। यसलाई समाधान गर्न ठुलो प्रयास गर्नु पर्छ”, तीन कक्षामा पढाइ रहेकी कार्लाले भनिन्। त्यसो त उनी पनि अब सुरु हुने कक्षमा आफ्ना विद्यार्थीको कमजोरी हटाउने प्रयास गर्ने बताउँछिन्।
तिनै शिक्षिकाको विचारमा अब विद्यार्थी कक्षा कोठामा प्रवेश गर्दा के सोचेर प्रवेश गर्छन् भन्ने पनि हो। अनलाइन क्लास हुने समयमा दुई या तीन घण्टा हुने गरेको थियो। अब विद्यार्थीले ६ घण्टा त्यहाँ बिताउनु पर्नेछ। यसका लागि विद्यार्थी त्यत्ति लामो समय रमाउने हुन् कि होइनन् भन्ने पनि चिन्ता थपिएको छ। केही विद्यार्थीको हकमा भने अनलाइन कक्षा भएको समयमा अभिभावकले पनि पूर्ण रूपमा ध्यान दिएका थिए। सबैको हकमा भने यो लागू भएको थिएन।
नलाइन क्लास हुने समयमा दुई या तीन घण्टा हुने गरेको थियो। अब विद्यार्थीले ६ घण्टा त्यहाँ बिताउनु पर्नेछ।
अहिले तीन कक्षाकी एउटी विद्यार्थी पनि भेटिएकी छन्। लगातार इन्टनेरमा आएको अवरोधका कारण तीनको पनि धेरै कक्षा छुटेका थिए। राजधानी मनिला यस्तो समस्यामा छ भने ग्रामीण भेगका आधा भन्दा बढी जनसंख्याको अवस्था कस्तो भन्ने चिन्ता छ।
अनलाइन शिक्षाले त्यहाँ कोभिड–१९ फैलनुमा त पक्कै नियन्त्रण गरेको थियो। तर, शिक्षामा ग्रामीण भेग र सहरको बीचमा अझ धेरै ठुलो खाडल खडा गरेको छ।
युनिसेफले सोमबार सिकाइमा रहेको खाडल पुर्ने पहिलो खुड्किलोको रूपमा व्याख्या गरेको छ। पहिलो दिन नै विद्यालयलाई सरसफाइ र डिइन्फेक्सन सामग्री दिएर ठूलो सहयोग गरेको छ।
फिलिपिन्सको विद्यालयमा पढाइको मात्र ध्यान दिइँदैन। बच्चाको भोजनका बारे पनि ध्यान दिइन्छ। अन्य प्रान्तीय विद्यालय जस्तै पलानना इलमेन्टरी स्कुलमा पनि बच्चाको समय समयमा तौल नापिन्छ। कतै कुपोषणको सिकार भएमा या शङ्का लागेमा विद्यालयले नै खाद्यान्न उपलब्ध गराउँछ।
महामारीको समयमा आवश्यक परेका विद्यार्थीका लागि घरमा नै खाद्यान्न लगिने काम गरिएको थियो। तर, शारिरिक विकास सही ढङ्गले भएको छ या छैन भन्ने परीक्षण त्यस अवधिमा राम्रोसँग हुन पाएको थिएन। विद्यालय खुलेपछि कुपोषणसहित फिलिपिन्सको अवधारणामा भने बल पुग्ने छ। अझै विद्यालयमा हात धुने र दुरी कायम गर्ने लगायतको सावधानी अपनाइन्छ। विद्यार्थी भने आफ्नो प्रिय साथीसँग गफ गर्ने कुरामा रुचि बढ्दो छ।
फिलिपिन्सको विद्यालयमा पढाइको मात्र ध्यान दिइँदैन। बच्चाको भोजनका बारे पनि ध्यान दिइन्छ। अन्य प्रान्तीय विद्यालय जस्तै पलानना इलमेन्टरी स्कुलमा पनि बच्चाको समय समयमा तौल नापिन्छ।
६ कक्षमा पढ्ने विद्यार्थीका लागि अङ्ग्रेजी विषयको प्रश्न सोध्नु रमाइलो विषय हो। “मेरो लागि मजाले खानु नै सबै भन्दा रमाइलो हो”, तीन कक्षाकी एक विद्यार्थी भन्छिन्। कक्षा कोठामा उपस्थित उनीहरूका लागि परिचय गर्दै आफ्नो साथीको नाम र अनुहार मस्तिष्कमा राख्न नै केही दिन लाग्छ। उनीहरूका लागि नयाँ साथी भेट्नु नै सबैभन्दा रमाइलो हो।
सोमबार विद्यालय खोलिए पनि देश भरी यो निर्णय लागु भएको छैन। देशको सामुदायिक विद्यालयका लगभग आधा विद्यार्थी मात्र कक्षामै उपस्थित भएका छन्। यसरी उपस्थित हुनेले साताको पाँच दिन कक्षामै सिक्ने छन्। धेरै जना अहिले पनि अनलाइन तथा कोही व्यक्ति विशेषसँग नै रहेर पढिरहेका छन्।
अझै कोरोना भाइरस लगायत अन्य भाइरल सङ्क्रमणको डर छ। यस कारण कक्षामा भीड नगराउनका लागि सिफ्टको व्यवस्था गरिएको छ। उनीहरूबाट अभिभावक तथा घरमा रहेका बुढाबुढी समेतलाई सङ्क्रमण फैलने डर उनीहरूमा छ।
सन् २०२० को मार्चमा कोरोना महामारीको पहिलो चरणको समयमा संसारका धेरै देशमा लकडाउन भएको थियो। त्यसको केही महिना पछि संसारका धेरै देशमा लकडाउन खुलेका थिए। कतिपय देशमा लकडाउन खुल्ने र फेरि लकडाउन हुनेक्रम जारी रहेको थियो। संसारमै सबैभन्दा धेरै जनसङ्ख्या भएको चीन जिरो कोभिड पोलिसिका कारण वर्षौँसम्म यस्तै कडा नियममा रहेको छ। भारतमा दुई वर्ष पछि नै सामान्य जीवन सुरु भएको हो।
अझै कोरोना भाइरस लगायत अन्य भाइरल सङ्क्रमणको डर छ। यस कारण कक्षामा भीड नगराउनका लागि सिफ्टको व्यवस्था गरिएको छ।
२०२२ को मार्च या अप्रिलमा त संसारका धेरै देश सामान्य अवस्थामा चलेका थिए। अहिले पनि कोरोना सङ्क्रमण नफैलिएको होइन, तर पनि संसारका धेरै जनाले भ्याक्सिन लगाइसकेका कारण संसारमा प्राय देश सामान्य जीवनमा फर्किसकेका छन्।
कोभिड–१९ महामारी सुरु भएदेखि यसलाई नियन्त्रण गर्ने क्रममा फिलिपिन्स अगाडि रहेको थियो। २०२० को सुरुवातदेखि नै क्वारेनटाइन नियममा पनि यो देश अगाडि थियो।
सन् २०२१ को फेब्रुअरीमा पहिलो पटक फिलिपिन्समा भ्याक्सिन लगाइएको थियो। दक्षिण कोरियामा बनेको अक्सफोर्ड र अस्ट्रजेनकाको भ्याक्सिनबाट फिलिपिन्समा अभियान सुरु भएको थियो। सन् २०२१ कै मे महिनामा फिलिपिन्सले सिनोफार्मलाई पनि अनुमति दिएको थियो। ६ अगस्ट २०२१ मा नै फिलिपिन्समा तेस्रो पटक लकडाउन भइसकेको थियो।
यसरी कोभिड सावधानीका कारण लकडाउनमा धेरै पिल्सिएको फिलिपिन्स ती सबै कुराबाट पार पाउँदै खुला जीवनमा फर्किइसकेको छ। यस खुला जीवनमा पनि बच्चाको शैक्षिक भविष्य त्यस देशको चुनौती बनेको छ। सायद अबको केही महिना फिलिपिन्सको शिक्षा क्षेत्र यसै सङ्घर्षमा अल्झिने छ। स्रोत बीबीसी, रोयटर्स,बीएनजे डटकम
प्रतिक्रिया