बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. समानुसपातिकका लागि भदौ १० देखि दल दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई भदौ १० गतेदेखि दल दर्ता गर्न सकिने जनाएको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको हो ।

२. निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आह्वान गरेको हो । पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

३. निर्वाचन सुरक्षाका १६ अर्ब माग
मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ ।  यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।

४.  नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नेहरु पाखण्डी हुन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भनेर पाखण्डीपना देखाउनुबाहेक केही नभएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे । विधेयकको सारतत्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा भएकोले त्यसकारण यसलाई राष्ट्रघात भन्न नमिल्ने उनको भनाई छ ।

५. सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि 
पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । हिजो साँझ बसेको बैठक टुंगोमा पुग्न नसके पछि फेरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन् । गठबन्धनले बनाएको कार्यदलले सिट बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् ।

६. महाभियोग सिफारिस समितिको बैठक पनि बस्दै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । निलम्बित जबराविरुद्धको महाअभियोग सिफारिस समितिको आज तेस्रो बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने तयारी छ । हिजो बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ ।

७. बगलादेशका ऊर्जासचिवसहितको टोली काठमाडौँमा
भोलि हुने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइपुगेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने भएको छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको जनाइएको छ ।

८. पछिल्लो २४ घण्टामा विपद्का ९ घटना
देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा नौ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बिपदको घटनाबाट ३ लाख ६५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

९.रुसको आक्रमणप्रति सचेत रहन नागरिकलाई यक्रेनको आग्रह
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा रुसबाट हुन सक्ने सम्भावित आक्रमणप्रति सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गरेका छन् । स्वतन्त्रता दिवसका क्रममा आक्रमण भए त्यसको कडा जवाफ दिने राष्ट्रपति जेलेन्स्कीकले चेतावनी दिएका छन् । सन् १९९१ मा सोभियत शासनबाट स्वतन्त्र भएको दिनलाई युक्रेनले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

१०. सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा
प्रिमियर लिग क्लब लेस्टर सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३–१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो । अर्को इंग्लिस क्लब एभर्टनले पनि तेस्रो चरणमा स्थान बनाएको छ । एभर्टनले फ्लिडउड टाउनलाई १–० ले पराजित गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ५७ बजे

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका