दुई हजार टन जडिबुटी नेपालगञ्जमै थन्कियो « Khabarhub

दुई हजार टन जडिबुटी नेपालगञ्जमै थन्कियो


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ। भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो।

कारोबार नहुँदा जडिबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए। आफ्नो पनि एक करोड मूल्यबराबरको उत्पादन थन्किएको उनको गुनासो छ।

नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो। यो वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ। नेपालका विभिन्न जिल्लामा स‌ंकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ।

सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ। सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ। भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनुलगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए।

भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ। जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताउनुभयो। ‘धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ’, उनले भने। बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ। यसै वर्षदेखि यहाँ कुरिलो खेती सुरु गरिएको छ।

नेपाल जडीबुटी व्यवसायी संघका पूर्वध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन। केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवर्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ३६ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै