धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट « Khabarhub

धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता शेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता शेयर)को ०.५ प्रतिशतअर्थात् पाँच हजार एक सय ५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशतअर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ३५ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको