११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात « Khabarhub

११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको हो । 

गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  सो मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको छ । 

साउनमा ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँका कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा कच्चा भटमास, पाम र सनफ्‌लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा भटमाससनफ्‌लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

यस्तै, साउन महिनामा द्वन्द्वग्रस्त राष्ट्र युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको थियो । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ०६ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय