जग्गा अधिग्रहण गरेको ८ वर्षसम्म चौरजहारी टाउन प्लानिङको काम हुन सकेन | Khabarhub Khabarhub

जग्गा अधिग्रहण गरेको ८ वर्षसम्म चौरजहारी टाउन प्लानिङको काम हुन सकेन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आठ वर्षदेखि  नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन काम नगर्दा बाँझै छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो । नयाँ सहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारी गाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।

नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलासुस्तीका काम सुरु हुन सकेको छैन ।  सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको ‘अर्वान प्लानिङ कन्सल्टेन्ट’ ले असारमै डीपीआर गरेर काम सुरु हुने  बताएपछि किसानलाई पटक पटक खेती नगर्न सूचना गरेकाले खेतीयोग्य जमिन खाली राखिएको थियो  ।

आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको ‘लाइनिङ’ को काममा ‘गाइड’ नगरिदिँदा प्लटिङको काम हुन नसकेर जग्गा खाली हुन पुगेको हो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष ६ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ ।

उक्त  अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताए । सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयोजना कार्यालयलाई बुझाइसकेको जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्न मात्र बाँकी रहेको उल्लेख बताए । यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् ।

२०७२ सालमा नयाँ सहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ । यस वर्ष सडक कालोपत्रे, सभा हल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : ५१ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक