प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने « Khabarhub

दुई दलबीच चुनावी तालमेल

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तालमेल सहमति भएको छ।

आइतबार भएको सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्ने छ । सन्दीप पुन उठेको पूर्वी रुकुममा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।

सहमति कार्यान्वयनका लागि दुवै पार्टीले आफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन दिने सहमतिसमेत गरेका छन्।

सहमति पत्रमा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष दुर्गा सोवको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : १३ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र