नेप्सेमा २.८७ अंकको वृद्धि, १ अर्बको अर्ब ५२ करोडको कारोबार « Khabarhub

नेप्सेमा २.८७ अंकको वृद्धि, १ अर्बको अर्ब ५२ करोडको कारोबार


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से २.८७ अंकले वृद्धि भएर दुई हजार ५७ दशमलव ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावर सेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड सेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको सेयर किनबेच भएको छ । काबेलीको १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : ३२ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी