रेल सेवा व्यवस्थित गर्न सरकारलाई विकास समितिको निर्देशन | Khabarhub Khabarhub

रेल सेवा व्यवस्थित गर्न सरकारलाई विकास समितिको निर्देशन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालनका लागि पर्याप्त ध्यान नपुराउँदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो ।

रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, मर्मत गर्ने वर्कसप, फ्युल सेन्टर स्थापना लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए।

त्यस्तै विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताए ।

त्यस्तै बैठकले नेपालको सबै भन्दा पुरानो र राष्ट्रिय महत्त्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिने गरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुँदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न विधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताए।  उहाँले समयमा नै गुणस्तरीय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पारे।

त्यस्तै सांसदहरूले राष्ट्रिय महत्त्वको आयोजनाहरू निर्माणमा अस्वाभाविक ढिलाइ भइरहेको भन्दै  गम्भीर बन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ४० बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन