तामाकोसी जलविद्युत् आयोजनामा बेपत्ता युवकको शव दुई सातापछि फेला « Khabarhub

तामाकोसी जलविद्युत् आयोजनामा बेपत्ता युवकको शव दुई सातापछि फेला


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक जना युवकको शव दुई सातापछि फेला परेको छ ।

माथिल्लो तामाकोसी जलविद्युुत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो ।

यसअघि काठमाडौँबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन । सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो ।

लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युुत् आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ । मृतक लामाबगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुङ्गामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए ।

फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ०० बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर