महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला « Khabarhub

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन्।

अमिना शुक्रवार घाँस काट्न जङ्गल गएकी थिइन्। मृतक महिलाको शव घरबाट झन्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा फेला परेको प्रहरीले जनाएको छ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएकोले प्रहरीलाई यथाशक्य छानबिनको लागि अनुरोध गरिएको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएकोले पोस्टमार्टमको लागी बिहान मात्र पठाइको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन्।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ३९ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग