आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन | Khabarhub Khabarhub

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हुम्ला – कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ।

कर्णाली प्रदेश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो।

यसअघि २०७६/७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए। तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग  मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो।

उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ-आफ्नो क्षेत्राधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र उनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए।

तर, गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्यानाकर्षण भएको छ। उक्त निर्णयको विरोध जनाउँदै शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका  कर्मचारीले एउटा हातमा कालो पट्टी बाँधेर घोर विरोध प्रदर्शन गरेका हुन्।

यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्णचन्द जोशीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई सँगै गाँस्नु सरकारको मूर्खता भएको दाबी गरे।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका