कर्णालीमा सुपथ मूल्य पसल : उपभोक्तालाई राहत | Khabarhub Khabarhub

कर्णालीमा सुपथ मूल्य पसल : उपभोक्तालाई राहत


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सर्खेत – दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन्। बजारमा भन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ।

सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो। कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ। शुक्रबार सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताए। उनले भने, ‘एक बोरा चामलमै रु सात सय सस्तो पर्नु धेरै सहुलियत हो, बरु सरकारले यस्तो पसल सधैँ सञ्चालन गरिदिए हुन्थ्यो।’ वीरेन्द्रनगर–१२ की हीरा परियार पनि चामल लिन दुईपटक सुपथ मूल्य पसल आउनुभयो। ‘पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ’, उनले थपे, ‘स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई–चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु।’

उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ। कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको जनाए। एकपटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चालम बितरण गरिएको छ। ‘यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ,’ उनले भने, ‘ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ।’ न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरुले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ थियो। सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन्। पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल बिक्रीका लागि राखिएको छ।

उक्त कम्पनीले असोज १ गतेदेखि कर्णालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। सल्यान खाद्यान्नमा आत्मनिर्भर भएकाले त्यहाँ कम्पनीको कार्यालय छैन। सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लाका डिपोमा यस्ता पसल सञ्चालनमा छन्। कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार चार हजार सात सय प्रतिक्विन्टल मूल्य रहेको अरुवा मोटो चामलमा रु सात सय छुट, प्रतिक्विन्टल पाँच हजार रहेको जिरा मसिनो चामलमा रु सात सय, प्रतिक्विन्टल छ हजार रहेको स्टिम जिरा मसिनो सात सय र प्रतिक्विन्टल १० हजार पाँच सय पर्ने बास्मती चामलमा रु सात सय छुट दिइएको छ। त्यस्तै अरहर, मास र मसुरोको दालमा पनि प्रतिकेजी रु सात छुट दिइएको छ। कम्पनीले अनलाइन अर्डर गर्ने ग्राहकलाई घरमै डेलिभरीको व्यवस्था पनि मिलाएको छ।

उक्त कार्यालयको अन्य जिल्लाका सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको आर्कषण बढेको जनाएको छ। मुगु, डोल्पा, जुम्ला, दैलेख र कालीकोटमा सुर्खेतबाट थप चालम पठाइएको छ। ‘त्यहाँ मौज्दात चामल सकिन थालेपछि थप पठाइएको छ’, प्रमुख मिश्रले भने, ‘गोदाममा चामलको अभाव हुन नदिन ढुवानीकर्तालाई निरन्तर ताकेता गरिरहेका छौँ, ढुवानीको वैकल्पिक व्यवस्था पनि मिलाइएको छ।’

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : ३० बजे

सत्ता गठबन्धन फेरिने हल्ला मात्रै, तत्काल तलमाथि हुँदैन : लेखराज भट्ट

धनगढी- नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले

नबिलले सुरक्षा व्यवस्थापनका लागि पायो आइएसओ प्रमाणपत्र

काठमाडौं– नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने 

काठमाडौं– काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई

कुलमानले बुझाए ९ बुँदे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने

सिरहा– सिरहाको लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था